म्यानचेस्टर सिटी र लियोन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

म्यानचेस्टर सिटी तथा लियोन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन ।

गए राति घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २–१ ले पराजीत गरेको सिटीले समग्रमा ४–२ को जित निकाल्यो । सिटीकालागि रहिम स्टर्लिङ तथा ग्याब्रियल जेससले १–१ गोल गर्दा रियलकालागि करिम बेन्जिमाले १ गोल फर्काए । 

खेलको ९ औं मिनेटमा नै स्टर्लिङले जेससको पासलाई सदुपयोग गर्दै घरेलु टोलीलाई जित अग्रता दिलाए । २८ औ मिनेटमा बेन्जिमाले रोड्रिगोको पासलाई सदुपयोग गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

६८ औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई २–१ को जित दिलाए । सिटीले पहिलो लेगमा पनि २–१ को जित निकालेको थियो । 

घरेलु मैदानमा लियोनलाई २–१ ले पराजीत गर्दै समग्रमा २–२ को नतिजा निकाले पनि युभेन्टस अघिल्लो चरण प्रवेश गर्न सकेन । लियोन ‘अवे’ गोलको फाइदा उठाउँदै क्वाटरफाइनल प्रवेश गरेको हो ।

युभेन्टसका लागि दुवै गोल क्रिस्टियानो रोनाल्डोले गर्दा लियोनका लागि मेम्फिस डिपाएले एक गोल गरेका थिए ।



खेलको १२ औं मिनेटमा डिपाएले पेनाल्टी मार्फत गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । रोड्रिगो बोन्टान्कुरले हुसेन औआरलाई डिबक्स भित्र लडाएपछि लियोनले पेनाल्टीको अवसर पाएको थियो ।

खेलको ४३ औं मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फत नै गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए । मिरालेम पजानिसको फ्रि– किक बलले डिबक्स भित्र मेम्फिस डिपाएको हातमा छोएपछि युभेन्टसले पोनाल्टीको अवसर पाएको थियो ।



६० औं मिनेटमा रोनाल्डोले नै गोल गर्दै युभेन्टसलाई जित दिलाएता पनि त्यो पर्याप्त बन्न सकेन । लियोनले पहिलो लेगमा १–० को जित निकालेको थियो ।

  • प्रकाशित मिति : साउन २४, २०७७ शनिबार ७:४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया