पछिल्ला केही दिन यता नेपालमा कोरोनभाइरस संक्रमितको संख्या बढ्दै गएपछि सरकारले फेरि लकडाउन लगाउन सक्ने अनुमान गरिएका छन् । तर, सरकारका प्रवक्ता अर्थ तथा सूचना तथा सन्चारमन्त्री डा. युवराज खतिवडा, कोरोना स्पेसल टास्क फोर्सका संयोजक तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायतले अब पहिलेको जस्तो लकडाउन नगरिने बताएका छन् ।
यहीबीच सामाजिक सन्जालमा जिज्ञासा उठिरहेका छन्, अबको लकडाउन कस्तो हो त ?
‘पहिलेजस्तो पूर्वपश्चिम पूरै लकडाउन गरिने होइन,’ शुक्रबार मन्त्रालयमा केही पत्रकारहरुलाई बोलाउँदै रक्षामन्त्रीले लकडाउनबारे जानकारी दिएका छन्, ‘अब केही निश्चित ठाउँहरुमा मात्र लकडाउन गर्न सकिन्छ ।’
कोरोनाभाइरस नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी लकडाउन भएको भन्दै विश्वका विभिन्न देशमा कोरोनाको दोस्रो लहर देखिन थालेपछि फेरि लकडाउन गरिएको छ । छिमेकी भारतमा पनि विभिन्न राज्यले अझै पनि लकडाउन गरिरहेका छन् ।
तर, नेपालमा अब गरिने लकडाउन कस्तो हो त ?
‘जहाँ संक्रमित बढी देखिएका छन्,’ सरकारका विभिन्न मन्त्री तथा अधिकारीहरुले यसअघि नै स्पष्ट पारिसकेका छन्, ‘ती ठाउँहरुमा अब सिल गरेर अगाडि बढ्ने र स्थानीय तहलाई नै संक्रमित बढ्दै जाँदा लकडाउन गर्ने अधिकार दिने योजना सरकारको हो ।’
यसको अर्थ हो, अब पूरै नेपालभर केन्द्र सरकारले एकैपटक लकडाउन घोषणा गर्ने छैन । तर, संक्रमित बढी भएका स्थानहरुमा स्थानीय अधिकारी तथा प्रशासनले लकडाउन लगाउन सक्नेछन् । ती स्थानहरु सिल गरिन पनि सक्नेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।