पर्सा जिल्लाको बहुदरमाई नगरपाकिलाका मेयर नितेन्द्रप्रसाद साहसहित ५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा गरिएको परीक्षणमा मेयर साह र अन्यलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
कोरोना पुष्टि भएकामध्ये ८ जना महिला छन् ।
उनीहरुमध्ये ३ जना बारा र १ जना सर्लाहीका हुन् । यसअघि शुक्रबार मृत्यु भएका ७४ वर्षका वृद्धमा पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
बहुदरमाईमा चाहिँ मेयरसहित २५ जनामा संक्रमण पुष्टि भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।