बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा अर्को एउटा ठूलो मोड आएको छ । पछिल्ला केही दिन यता दैनिक नयाँ नयाँ मोड दिएको उनको घटनामा सिद्धार्थ पठानीका कारण अर्को मोड आएको हो ।
घटनामा सिद्धार्थ पठानीको कुरा किन महत्वपूर्ण छ भने उनी सुशान्तसँग एउटै फ्ल्याटमा बस्ने गरेका थिए । अब उनको यो कुराले यो घटनामा उनी पनि संलग्न थिए कि भन्ने अनुमान पो बाहिर आउन थालेको छ ।
भारतीय मिडिया लाइभहिन्दुस्तानमा आएको समाचारअनुसार केही दिनअघि सिद्धार्थले रिया चक्रवर्तीलाई आफूले नचिन्ने बताएका थिए । रिया सुशान्तकी प्रेमिका हुन् र उनीविरुद्ध अहिले सुशान्तका बाबुले किटानी जाहेरी दिएका छन् ।
रियालाई नचिन्ने बताए पनि अब के खुलासा भएको छ भने यी दुई पनि एक वर्ष यता फोनमा कुरा गर्न थालेका थिए । उनीहरुबीच एक वर्षमा कम्तिमा पनि १०० पटक फोनमा कुराकानी गरेको डिटेल्स प्रहरीले फेला पारेको छ । रियाको फोन डिटेलबारे प्रहरीले अनुसन्धान गर्न थालेपछि यस्तो खुलासा हुन थालेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।