बलिउडमा राम्रो वर्चश्व जमाइरहेको बच्चन परिवार अब कोरोनाभाइरस मुक्त भएको छ । यसअघि बलिउड अभिनेता अमिताभ बच्चनलाई सबैभन्दा पहिले कोरोनाभाइरस संक्रमण देखिएको थियो ।
त्यसपछि उनका छोरा तथा अभिनेता अभिषेक बच्चनमा पनि कोरोनाभाइरस संक्रमण देखियो । लगत्तै अभिषेकपत्नी तथा अभिनेत्री ऐश्वर्या राय बच्चन तथा उनकी छोरी आराध्यामा पनि कोरोना संक्रमण देखियो ।
ऐश्वर्या र आराध्याले त निकै अगाडि कोरोना जितिसकेका थिए । त्यसको केही समयपछि अमिताभको पनि कोरोना रिपोर्ट नेगेटिभ आयो । अब अभिषेक बच्चनको पनि कोरोनाभाइरस रिपोर्ट नेगेटिभ आएको छ । उनले यसको जानकारी आफैं दिएका हुन् ।
अब उनी नानावती अस्पतालबाट आजै डिस्चार्ज भएर घर जानेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।