वीरगन्ज आइसिपिमा थन्किए ७ सय ५ नया सवारी साधन

लकडाउन अवधिमा आयातकर्ताले नयाँ सवारी जाँचपास नगराएपछि वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी (आइसिपि) मा ठूलो संख्यामा नयाँ सवारी साधन थन्किएका छन् ।

भारत तथा तेश्रो मुलुकबाट आयातित जिप, कार, भ्यान, बस, ट्रक, ट्याक्टर, क्रेन आदि यहाँ थन्किएका हुन् । सोमबार सम्ममा सबै खाले सवारी साधन गरी ७ सय ५ वटा नया सवारी साधन चौकी परिसरमा रहेका छन् । 

आइसिपि सन्चालक इन्टर मोडल यातायात विकास समितिका अधिकृत तर्कराज जोशिका अनुसार, आइसिपि यार्डमा हाल ४ सय ७६ जिप,कार,भ्यान, २ सय १ ट्रक, १६ ट्याक्टर÷ट्रेलर, ९ थान ४० फिटे ट्रक, २ क्रेन र १ थान बस रहेका छन् ।

सर्वाधिक रहेको जिप, कार, भ्यानमा बढी जसो टोयोटा, मर्सिडिज, इसुजु ब्राण्डका रहेका छन् । बजेट भाषण अघि करीब २ सयको संख्यामा यस्ता सवारी जाचपास भएर पनि यति ठूलो संख्यामा जिप, कार, भ्यान अझै पनि यार्डमा थन्किएका छन् ।

नयाँ सवारी साधनको मुख्य बजार मानिने राजधानी काठमाडौं लामो समय लकडाउनकै कारण बन्द रहेपछि सवारी साधनको खरिद बिक्री ठप्प रहेको थियो । हाल लकडाउन अन्त्य भए पनि नयाँ सवारी साधनको खरिद बिक्री न्युन रहेकाले राजधानीमा रहेका सवारी साधनका बिक्रेताहरुले वीरगन्जबाट आफ्ना सवारी जाँचपास गराई लगेका छैनन् ।

सामान्यतया ग्राहकबाट सवारी साधन खरिदको अर्डर पाएपछि आयातकर्ता÷बिक्रेताहरुले वीरगन्जबाट आफ्ना सवारी भन्सार जाचपास गराउने चलन छ । 



लकडाउन अवधिमै चैत २८ देखि यार्डमा रहेका सबै खाले आयातित मालबस्तुको हकमा पार्किङ र गोदाम भाडा शुल्क मिनाहा घोषणा गरिएपछि त्यसको असर आइसिपि सन्चालक इन्टर मोडल यातायात विकास समितिको आम्दानीमा पनि परेको छ । 

चैत २८ यता हाल सम्म गरी समितिले पार्किङ शुल्क ५४ लाख २७ हजार ७ सय ५० रुपैया ३८ पैसा र गोदाम भाडा ५५ लाख ६० हजार ४ सय ६३ रुपैया छुट दिई सकेको छ । 



  • प्रकाशित मिति : साउन २४, २०७७ शनिबार १६:१६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया