मेरै गल्तिले हार्‍यौँः राफेल भरान

रियल मड्रिड तथा फ्रान्सका डिफेन्डर राफेल भरानले आफ्नो गल्तीका कारण टिमले हार बेहोर्नु परेको बताएका छन ।

च्याम्पियन्स लिग अन्र्गत गएराति भएको इतिहाद मैदानमा भएको खेलमा घरेलु टोली म्याचेस्टर सिटीसंग २–१ को पराजय बेहोरेको रियल समग्रमा ४–२ को नतिजा सहित प्रतियोगीताबाट बाहिरीएको थियो । सिटीको दुबै गोल भरानको गल्तीका कारण सम्भव भएको थियो । 

सिटीको पहिलो गोलमा ग्याब्रीयल जेससले भेरानबाट बल खेस्दै रहिम स्टर्लिङलाई गोलको अवसर सिर्जना गराएका थिए ।

दोस्रो गोलमा भेरानले हेड मार्फत गोलरक्षक कोर्टुवालाई ब्याक पास दिन खोजेको बललाई जेससले वान टचमै पोस्टको दिशा दिएका थिए । 

खेलपछिको पोष्ट म्याच कन्फिरेन्स मा बोल्दै भरानले आफ्नो गल्ती स्विकारेका हुन ।

उनले भनेका छन ‘आज मेरै गल्तीका कारण टिमले हार बेहोर्नु प¥यो र मैले यो स्विकार्नुपर्छ हामीले राम्रो तयारी गरेका थियौ तर टिमले मेरो गल्तीको ठुलो मुल्य चुकाउनु पर्‍यो यसकालागि म साथीहरुसंग माफी माग्न चाहान्छु ।’





  • प्रकाशित मिति : साउन २४, २०७७ शनिबार १६:३९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया