च्याम्पियन्स लिगमा आज दुई खेल हुँदै, दबाबमा चेल्सी र बार्सिलोना

पाँच महिनापछि फर्किएको युरोपियन च्याम्पियन्स लिगअन्तर्गत दोस्रो दिनको खेलमा आज राति दुई ठूला खेल हुँदैछन् । जर्मनीको बायर्न म्युनिखले इंग्लिस क्लब चेल्सीको सामना गर्दैछ भने स्पेनिस बार्सिलोनाले इटालियन क्लब नापोलीसँग खेल्दैछ । 

चेल्सीको घरेलु मैदान स्टाम्फर्ड ब्रिजमा भएको अन्तिम १६ अन्तर्गतको पहिलो लेग बायर्नले जितेको थियो । ३ गोलको स्पष्ट जित निकालेको बायर्न अन्तिम आठमा जाने सहज अवस्थामा छ । तर, चेल्सीका लागि आजको अवे खेल सहज हुनेछैन । 

बायर्नको घरेलु मैदान एलियान्ज एरेनामा आजको खेल हुँदैछ । सो खेलमा चेल्सीले एक गोल पनि नखाइ कम्तीमा ४ गोल बायर्नलाई हान्नुपर्ने हुन्छ । उत्कृष्ट लयमा रहेको बायर्नलाई ४ गोल हान्न चेल्सीलाई असम्भव जस्तै देखिन्छ । 

त्यसैगरी, नापोलीको घरेलु मैदानमा एक–एक गोलको बराबरी खेलेको बार्सिलोनालाई आजको खेल दबाबपूर्ण छ । उत्कृष्ट लयमा रहेको नापोलीले बार्सिलोनालाई एक गोल हानेको खण्डमा बार्सिलोना दबाबमा पर्नेछ । कोरोना भाइरसको महामारीपछि भएका खेलहरुमा बार्सिलोनाले लय गुमाउँदै आएको छ । 

तर, बार्सिलोना र नापोलीको खेल गोलरहित बराबरीमा सक्किए पनि अवे गोलको आधारमा बार्सिलोना अन्तिम आठमा पुग्नेछ ।

आज राती हुने दुबै खेल नेपाली समयअनुसार राती १२ः४५ मा सुरु हुनेछन् । आजका यी दुई खेलको नतिजासँगै अन्तिम आठमा स्थान बनाउने टोलीको टुंगो लाग्नेछ ।





  • प्रकाशित मिति : साउन २४, २०७७ शनिबार १६:४२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया