एयर इन्डिया दुर्घटनाः पाइलटको यो चलाखी जसले धेरैको ज्यान बचायो

एयर इन्डियाको शुक्रबार भएको विमान दुर्घटनामा १७ जनाको निधन भएको छ । निधन हुनेमा दुई पाइलट पनि रहेका छन् । भारतको केरलाको कोझिकोड विमानस्थलमा भएको विमान दुर्घटनामा पाइलटले निकै चलाखी अपनाएको खुलासा भएको छ । 

यो विमान चलाएका पाइलट दीपक साठेले आफ्नो अनुभवका कारण धेरैको ज्यान जोगाएको भारतीय मिडियाले चर्चा गर्न थालेका छन् । भारतीय मिडियामा आएको समाचार अनुसार विमानको ल्यान्डिङ गियरले काम नगरेको थाहा पाएपछि दीपकले विमानलाई तीन पटक विमानस्थलमा घुमाएका थिए ।

यही कारण हिजो दुर्घटनामा परेको विमानमा आगलागी हुन नपाएको भारतीय मिडियामा दाबी गरिएको छ ।

‘दीपकको ३६ वर्षको एक्सपिरियन्स थियो,’ भारतीय मिडियामा लेखिएको छ, ‘त्यही अनुभव हिजोको दुर्घटनामा पनि काम गरेको छ ।’





  • प्रकाशित मिति : साउन २४, २०७७ शनिबार १६:५८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया