म्याग्दी काेराेनामुक्त

म्याग्दीका थप छ जनाले कोरोना जितेपछि सङ्क्रमित सबै ४७ जनाले कोभिड–१९ जितेका छन् । योसँगै म्याग्दी कोरोना सङ्क्रमित सबैले कोरोना जितेकाले कोरोनामुक्त जिल्ला भएको छ ।

सदरमुकाम बेनीमा आइसाेलेसन राखेर उपचार गरिरहेका छ जनाले कोरोना भाइरस जितेर शनिबार बिहान घर फर्केका हुन् । म्याग्दीमा हाल सम्म पाँच महिलासहित ४७ जनामा सङ्क्रमण पुष्टि भएको र सबैजना कोरोना जितेर घर गइसकेका छन् ।

बहराइनबाट आएका मङ्गला गाउँपालिका–२ का ३७ वर्षीय पुरुष, साउदीबाट आएका मङ्गला गाउँपालिका–५ का ३० वर्षीय पुरुष, बहराइन आएका अन्नपुर्ण-८ का ४९ वर्षीय, अन्नपूर्ण गाउँपालिका–८ का साउदीबाट आएका ३५ वर्षीय पुरुष, साउदीबाटै आएका अन्नपूर्ण गाउँपालिका–३ का २३ वर्षीय पुरुष, र कुवेतबाट आएका मालिका गाउँपालिका–४ का ३४ वर्षीय पुरुषले कोरोना जितेका हुन् । 

याेसँगै नेपालमा काेराेनामुक्त हुने जिल्लाकाे संख्या ७ पुगेकाे छ ।





  • प्रकाशित मिति : साउन २४, २०७७ शनिबार १७:५५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया