स्थायी कमिटी बैठक तुरुन्त सुचारुको माग गरे नेकपा प्रवक्ता श्रेष्ठले

पछिल्लो केही समय यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विवादका कारण १० असारबाट सुरु भएको स्थायी कमिटी बैठक अहिले अनिश्चितकालका लागि स्थगित भएको छ । 

नेकपामा दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुई खेमामा बाँडिएपछि यो विवादको अन्त्य तत्काल हुने देखिँदैन । दुवै अध्यक्ष आआफ्ना अडानमा अहिले पनि अडिग छन् । केही दिन यता त यी दुईबीच वार्ता पनि हुन सकेको छैन । 

पछिल्लो समय यी दुईबीच अहिलेको विवाद स्थायी कमिटीमा वा सचिवालयमा लगेर छलफल गर्ने भन्ने विषयमा पनि कुरा मिलेको छैन । यहीबीच नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिलेको विवाद अन्त्य गर्न तत्काल स्थायी कमिटी बैठकको सुचारु गर्नु पर्ने माग गरेका छन् । 

‘आजको संकटको निकासको निम्ति जारी स्थायी कमिटी बैठक तुरुन्त सुचारु गरौँ,’ श्रेष्ठले सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेखेका छन्, ‘छलफल गरौँ । आवश्यकताअनुसार शीर्षस्थ नेताहरुबीच र सचिवालयमा गृहकार्य गरौँ ।’

उनले केन्द्रीय कमिटीको निर्णयअनुसार महाधिवेशनको तयारी गर्ने गरि निकास निकाल्नु पर्नेमा जोड दिएका छन् । 

उनले थपेका छन्, ‘पार्टी, कम्युनिस्ट आन्दोलन, देश र जनतालाई विजयी बनाऔँ, व्यक्तिगत आरोप, प्रत्यारोप वा गालीगलौजका रुपमा होइन, वैचारिक सैद्धान्तिक, राजनीतिक र प्रवृत्तिगत विषयमा छलफल गरौँ ।’





  • प्रकाशित मिति : साउन २४, २०७७ शनिबार २०:२०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया