युभेन्टसका पूर्वखेलाडी आन्द्रिया पिर्लो क्लब छाडेको ५ वर्षपछि सिनियर टिममा फर्किएका छन् । तर, यसपटक उनी फरक भुमीकामा देखिने छन ।
पिर्लो खेलाडीको रुपमा नभएर प्रशिक्षकको रुपमा युभेन्टस फर्किएको क्लबले जनाएको छ ।
च्याम्पियन्स लिगमा लियोनसँग पराजीत हुँदै क्वाटरफाइनलबाटै बाहिरिए पछि क्लबले नियमित प्रशिक्षक मौरिसियो सारीलाई बर्खास्त गर्दै पिर्लोलाई सिनियर टोलीको जिम्मेवारी दिएको हो ।
युभेन्टसले १ साता अघि मात्र पिर्लोलाई यु–२३ टिमको प्रशिक्षको रुपमा नियुक्त गरेको थियो । उनीसँग २ वर्षको सम्झौता गरिएको क्लबले जनाएको छ ।
सन् २०११–२०१५ सम्म क्लबमा रहदा ४२ वर्षीय मिडफिल्डरले १६४ खेल खेल्दै ४ सिरी ए उपाधि जितेका थिए ।
इटालीको राष्ट्रिय टिमबाट ११६ खेल खेलेका पिर्लोले २००६ को विश्वकप जितेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।