पृथ्वीनारायण क्याम्पसमा आंशिक शिक्षकको ताला, समान कामको समान ज्याला माग

पोखरा– पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा आंशिक शिक्षकहरुले ताला लगाएका छन् ।  ‘समान कामको समान ज्याला’ माग गर्दै आन्दोलनरत आंशिक शिक्षकहरुले आइतबार क्याम्पसको मूलद्वारमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । 

त्रिवि र क्याम्पस प्रशासन गैह्रजिम्मेवार बनेको भन्दै ताला लगाउन बाध्य भएको उनीहरुले जिकिर गरेका छन् । आफूहरुले १४ वर्षदेखि समान कामको समान ज्याला माग गर्दै चरणबद्ध आन्दोलनमा रहेको आंशिक शिक्षकहरुको भनाइ छ ।

गत माघ २० मा क्याम्पस प्रशासन, आंशिक शिक्षक र त्रिवि प्रतिनिधिबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरुले पुनः आन्दोलन थालेका थिए । दैनिक दुई सयभन्दा कम शुल्कमा नियमित पठनपाठन गर्नुपरेको उनीहरुको भनाइ छ । 





  • प्रकाशित मिति : साउन २५, २०७७ आइतबार १६:४७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया