उपत्यकामा थपएि ९२ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा काठमाडौंका ९० र ललितपुरमा २ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।


बन्दाबन्दी खुकुलो भएसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनहुँ ठूलो संख्यामा बढिरहेको छ ।

योसँगै काठमाडौंमा मात्रै कोरोना संक्रमितको संख्या ९१० जना पुगेको छ भने ललितपुरमा १३९ जना पुगेको छ । भक्तपुरमा हालसम्म ८५ जनामा कोरोना संक्रमित रहेको उनले जानकारी दिए ।

 

भेटिएका संक्रमितहरू राष्ट्रिय प्रयोगशाला टेकु, शुक्रराज ट्रपिकल टेकु, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, स्टार अस्पताल ललितपुर, शिक्षण अस्ताल महाराजगञ्ज, पाटन अस्पताल र कोरिया नेपाल मैत्री अस्पताल भक्तपुरमा भेटिएका हुन् । 
 





  • प्रकाशित मिति : साउन २५, २०७७ आइतबार १६:५१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया