पहिरोमा परी एक जनाको मृत्यु
सांकेतिक तस्बिर

गौमूल गाउँपालिका ५ ग्वानीमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौमूल ४ का भीके कामीका छोरा  १० वर्षीय अनिश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टङ्क भट्टराईले जानकारी दिए । घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

ग्वानी लेकमा सुतिरहेका बेला शनिबार राति माथिबाट पहिरो आउँदा भीके भाग्न सफल भएको र छोरा भाग्न नसकेका कारण च्यापिएर मृत्यु भएको स्थानीयवासी गणेश रोकायाले बताए । पहिरोमा परी चार बाख्रासमेत मरेका छन् ।





  • प्रकाशित मिति : साउन २५, २०७७ आइतबार १९:५२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया