त्रिवि व्यवस्थापन संकायको परीक्षा स्थगित

काठमाडौ– त्रिभुवन विश्वविद्यालयले व्यवस्थापन संकायको स्नातक तथा स्नातकोत्तर तहका परीक्षा स्थगित गरेको छ । 

त्रिविले यसअघि साउन ९ गते भदौको दोस्रो सातादेखि परीक्षा सञ्चालन हुने भन्दै सूचना प्रकाशित गरेको थियो ।

त्रिवि व्यवस्थापन संकायको डिन कार्यालयले सोमबार एक सूचना जारी गर्दै स्नातक तथा स्नातकोत्तर तहका विविध कार्यक्रम तथा सत्रका सत्रान्त परीक्षा स्थगित गरेको हो । 

कोभिड–१९ को महामारी बढिरहेको र विभिन्न जिल्लामा निषेधाज्ञासमेत जारी भएकोले सम्पूर्ण परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको विज्ञप्तिमा जनाइएको छ ।





  • प्रकाशित मिति : साउन २६, २०७७ साेमबार १९:५३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया