काठमाडौं– पत्रकार बलराम बानियाँको रहस्यमय ढंगले निधन भएको भन्दै नेपाल पत्रकार महासंघले यसबारे गहिरो छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।
महासंघद्वारा बुधबार जारी विज्ञप्तिमा बानियाँको दुःखद् निधनले महासंघ स्तब्ध भएको उल्लेख गरिएको छ । बानियाँ पत्रकार महासंघका पूर्वसचिव पनि हुन् ।
महासचिव रमेश विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘महासंघ बानियाँको रहस्यमय ढंगले भएको निधनबारे गहिरो छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दछ ।’
महासंघले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना र स्वर्गीय बानियाँप्रति भावपूर्ण श्रद्धाञ्जलि प्रकट गरेको छ ।
कान्तिपुर दैनिकमा कार्यरत पत्रकार बानियाँ साढे दुई दशकदेखि पत्रकारितामा थिए । बानियाँका श्रीमती, एक छोरा र एक छोरी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।