न्युजिल्यान्डमा १०२ दिनपछि फेरि भेटिए कोरोना सङ्क्रमित

कोरोना सङ्क्रमणमुक्त भनेर घोषणा गरिएको न्युजिल्यान्डमा १ सय २ दिनपछि फेरि सङ्क्रमित भेटिएका छन् ।  

सरकारी अधिकारीहरुले चार जना नयाँ सङ्क्रमित भेटिएको पुष्टि गरेका छन् तर उनीहरु समुदायबाट सङ्क्रमित नभएको पनि स्पष्ट पारेका छन् । 

अमेरिकाबाट प्रकाशित हुँदै आएको वासिङ्टन पोस्टले न्युजिल्यान्डकी प्रधानमन्त्री जासिन्डा अर्डेर्नलाई उद्धृत गर्दै समाचार लेखेको छ ।

समाचारमा प्रधानमन्त्री जासिन्डाले कोरोनाको सङ्क्रमण फैलिन नदिनका लागि मुलुकमा फेरि प्रतिबन्धात्मक व्यवस्थाहरु लागु गर्न लागेको उल्लेख छ ।  

उनले सबैलाई घरमै बस्न र मास्क लगाउन, सामाजिक दुरी कायम गर्नलगायतका आधारभूत सतर्कताहरु अपनाउन आग्रह गरेकी छन् । 

अहिले सङ्क्रमित भएकामध्ये पहिलो सङ्क्रमित झण्डै ५० वर्षका रहेका र उनको अन्तर्राष्ट्रिय यात्राको विवरण नरहेको अधिकारीहरुले जनाएका छन् । त्यसपछि परिवारका सबै सदस्यको परीक्षण गर्दा तीनै जनामा सङ्क्रमण देखिएको थियो । 



प्रधानमन्त्री जासिन्डाले कोरोनाका विरुद्धमा सबैजना फेरि एक पटक एकजुट भएर लड्ने र परास्त गरिछाड्ने बताएकी छन् ।



  • प्रकाशित मिति : साउन २८, २०७७ बुधबार १८:५९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया