बुटवल उपमहानगरपालिकामा भदौ ५ गतेसम्म लकडाउन

रुपन्देही– समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएपछि बुटवल उपमहानगरपालिकाले साउन २९ देखि भदौ ५ गतेसम्म नगरपालिका क्षेत्रमा पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको छ ।

उपमहानगरपालिकाको बुधबार बसेको आकस्मिक बैठकले बुटवलमा कडाइका साथ लकडाउन गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाले जानकारी दिएको छ ।

बुटवलमा रहेकालाइ बाहिर जान र बुटवल आउनका लागि बिहीबार राति १२ बजेसम्म समय दिएर आगामी ५ भदौसम्मका लागि पूर्ण रुपमा लकडाउन गर्ने निर्णय उपमहानगरनगरपालिकाले गरेको छ ।

लकडाउनमा उपमहानगरपालिका र वडा कार्यालय समेत अत्यावश्यक बाहेकका काम नहुने, वित्तीय संस्थारुले समय तालिका स्वीकृत गरी खोल्नुपर्ने र दूधका लागि बिहान ८ देखि ११ र साँझ ५ देखि ७ बजेको समय तोकिएको छ ।





  • प्रकाशित मिति : साउन २८, २०७७ बुधबार १९:२८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया