सिटी एक्सप्रेसको रेमिट्यान्स भुक्तानी  एनआईसी एशिया लघुवित्तबाट

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाबीच रेमिट्यान्स रकम भुक्तानीसम्बन्धी सम्झौता भएको छ  । सम्झौतासँगै सिटी एक्सप्रेस मनि ट्रान्सफरबाट पठाएको रकम  एनआईसी एशिया लघुवित्तका शाखाबाट भुक्तानी हुने भएको छ ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद शर्माले रकम भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सिटी एक्सप्रेसले विगत १४ वर्षदेखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया, अष्ट्रलियालगायत देशमार्फत विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।





  • प्रकाशित मिति : साउन २९, २०७७ बिहीबार १३:१७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया