वीरगन्ज कारागारका जेलरका परिवारका २ सदस्यमा पनि कोरोना संक्रमण

वीरगन्ज कारागारका जेलर श्रवणकुमार पोखरेलको परिवारका २ सदस्यमा पनि कोरोना संक्रमण देखिएको छ । उनकी ३७ वर्षीया पत्नी र ८ वर्षीय छोरामा पनि संक्रण देखिएको हो । यसअघि संक्रमित पाइएका जेलर श्रवणकुमार पोखरेल शनिबारदेखि वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालको आइसियूमा उपचाररत छन् । 

नारायणी अस्पतालले सार्वजनिक गरेको पछिल्लो नतिजा अनुसार जेलर पोखरेलको परिवारका सदस्य सहित मंगलबार र बुधबार दुई दिन गरी वीगन्जमा दुई दिनमा ३५ जना नयाँ संक्रमित थपिएका छन् । जसमा ९ महिला पनि छन् । 

३५ मध्ये १ जना बारा प्रसौनी गाउँपालिका १ नकटुवाका छन् । अन्य पर्साका हुन् । संक्रमितहरू ५ देखि ६२ वर्ष उमेर समूहका छन् । पर्साका ३४ संक्रमितमध्ये ३२ जना वीरन्जको वडा नं ६, ९, १०, ११ लगायतका छन् । २ जना छिपहरमाई गापा ५ भिस्वाका रहेको नारायणी अस्पतालका मेसु डा मदनकुमार उपाध्यायले बताए । 

कारागारको आइसोलेसनमा ४० जना

कोरोना संक्रमणको चपेटामा परिसकेको वीरगन्ज कारागारको आइसोलेसनमा हाल ४० जना रहेका छन् । कारागारका स्वास्थ्यकर्मी दीपक यादवका अनुसार महिला र पुरुष गरी ३३ कैदीबन्दी हाल आइसोलेसनमा छन् । यसबाहेक ४ कर्मचारी संक्रमित भएकोमा जेलर पोखरेल कोभिड अस्पतालमा उपचाररत छन् । १ कर्मचारी घरमा र अर्का सिद्धार्थ स्कुलको आइसोलेसनमा छन् । बाँकी १ जना कारागारको आइसोलेसनमा छन् ।

प्रहरी तर्फका ४ जना र जेलर पोखरेलका परिवारका २ जना सदस्य आइसोलेसनमा छन् । कारागारको सुरक्षार्थ खटिएका १३ नेपाली सेनाका जवान पनि संक्रमित भएका छन् । उनीहरू भने कलवार धर्मशालाको आइसोलेसनमा रहेका छन् ।





  • प्रकाशित मिति : साउन २९, २०७७ बिहीबार १३:२३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया