अब बोलेरै नेपाली टाइपिङ
हाम्रो ‘नेपाली किबोर्ड’ थप उपयोगी सुविधाहरूका साथ सार्वजनिक

तपाईंलाई नेपाली टाइप गर्न आउँदैन ? अब चिन्ता नगर्नोस् । रोमनबाट नेपाली तथा चलनचल्तीको देवनागरीमा किबोर्ड सुविधा रहेको ‘नेपाली किबोर्ड’ ले ताजा अपडेट सार्वजनिक गरेको छ । 

यसले तपाईंले अन्य कामसँगै बोलेका शब्दहरु बुझेर कुनै पनि सामाजिक सञ्जालमा पोष्ट गर्नुपर्ने स्ट्याटस, प्रतिक्रिया, ट्विट, च्याटहरु तयार गर्ने छ ।

ताजा अपडेट स्मार्ट फोन एप्लिकेसनको कुनै पनि नेपाली संस्करणमा पहिलो एप्लिकेसन बनेको दाबी गरिएको छ ।  हाम्रो ‘नेपाली किबोर्ड’ले जारी नयाँ संस्करणमा अब लेखेर अभिव्यक्त गर्न नसकिएका कुरा बोलेरै लेख्नुहोस् भन्ने अभिव्यक्त दिइएको छ । भनिएको छ,  ‘अब नेपाली भाषामा टाइपिङ गर्न नसक्नु कुनै समस्या नै होइन । यसका लागि हाम्रो ‘नेपाली किबोर्ड’ले भ्वाइस टाइपिङको  सुविधा समेटिएको नयाँ अपडेट हामीले ल्याएका हौं ।’

भ्वाइस टाइपिङको सहयोगले बोलेकै भरमा तपाईंको फोनले जुनसुकै प्लाटफर्ममा नेपालीमा लेखिदिनेछ । यस सुविधाको कारण नेपाली टाइप गर्न अप्ठ्यारो मान्ने प्रयोगकर्ताहरूले समेत पूर्ण रुपमा नेपाली टाइप गर्न सक्नुहुनेछ । यसमा शुद्ध नेपाली शब्दको विकल्प देखिनुका साथै टाइपिङ गरिरहनुपर्ने कारणलाई पनि घटाउने छ ।

किबोर्डको आकार बढाउने सुविधा

टाइपिङमा आवश्यक्ताअनुसार सजिलोका लागि किबोर्डको आकार बढाउने सुविधायुक्त ताजा अपडेट प्राप्त गर्नका लागि हाम्रो ‘नेपाली किबोर्ड’ गुगल प्लेस्टोरमा गएर अपडेट गर्न सक्नुहुनेछ ।



नयाँ अपडेटमा मोबाइल अनुसार, टाइपिङ गति तथा औंलाको अवस्यक्ता अनुसार किबोर्डको आकार  चाहे जस्तो सानो या ठूलो बनाउन सक्ने सुविधा समेटिएको छ । जसको सहयोगले प्रयोगकर्ताहरुले हाम्रो किबोर्ड मार्फत् सजिलै टाइप गर्न सक्नेछन् ।



  • प्रकाशित मिति : साउन २९, २०७७ बिहीबार १४:४७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया