शिक्षा मन्त्रालय मातहतका कार्यालयमा ५० प्रतिशतमात्र कर्मचारी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका निकायमा ५० प्रतिशत कर्मचारी कार्यालय आउने भएका छन् । मन्त्रालयले कर्मचारीलाई आलोपालो गरी कार्यालयमा उपस्थित हुन निर्देशन दिएसँगै आधामात्र कर्मचारी आउने भएका हुन् ।

बाँकी कर्मचारीहरूले आलोपालो हुने गरी घरैबाट काम गर्नुपर्ने मन्त्रालयद्वारा बिहीबार जारी परिपत्रमा उल्लेख छ । २६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले दुई सय भन्दा बढी संक्रमित भएका जिल्लामा बढीमा ५० प्रतिशत कर्मचारी राखेर कार्यालय चलाउनु पर्ने निर्णय गरेको थियो ।


मन्त्रालयले शिक्षक सेवा आयोग, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, केशर पुस्तकालय, राष्ट्रिय किताब खाना (शिक्षक), सीटीईभीटी, विश्व विद्यालय अनुदान आयोग र डिल्लीरमण कल्याण स्मारक पुस्तकालयलाई यस्तो निर्देशन दिएको हो ।

यस्तै, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, शिक्षाका लागि खाद्य कार्यक्रम परियोजना, सीटीईभीटी परियोजना, मन्त्रालय अन्तर्गतका सबै महाशाखा, शैक्षिक गुणस्तर परीक्षण केन्द्र, पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय पुस्तकालय, चिकित्सा शिक्षा आयोग र जनक शिक्षा सामग्री केन्द्रलाई आधा भन्दा कम कर्मचारीबाट कार्यालय सञ्चालन गर्न निर्देशन दिएको मन्त्रालयको सूचनामा उल्लेख छ ।

 


 





  • प्रकाशित मिति : साउन २९, २०७७ बिहीबार १७:३१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया