भारतीय प्रधानमन्त्रीमा कोरोना आशंका, सँगै अयोध्यामा भूमिपूजन गरेका राममन्दिरका पूजारीमा कोरोना पुष्टि

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कोरोना आशंका गरिएको छ । मोदीसँगै भारतको अयोध्यामा राममन्दिर स्थापनाका लागि भएको भूमिपूजनमा सहभागी पूजारी श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका अध्यक्ष महन्त नृत्य गोपाल दासलाई कोरोना संक्रमण पुष्टि भएसँगै मोदीमा पनि कोरोना हुन सक्ने आशंका गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

महन्त गोपाल दासमा कोरोना संक्रमण देखिएपछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

मुख्यमन्त्री योगीले मथुराका डिस्ट्रिक मजिस्ट्रेट डिएम) र मेदान्त अस्पतालका डाक्टर त्रेहानसँग कुराकानी गरेर महन्त गोपाल दासका लागि सम्भव रहेका सबै चिकित्सकीय सुविधा उपलब्ध गराउन निर्देशन दिएका छन् ।

राममन्दिर भूमिपूजनमा प्रधानमन्त्री नरेन्द्र मोदीसँगै महन्त दास, उत्तर प्रदेशकी गभर्नर आनन्दी बेन पटेल, मुख्यमन्त्री योगी र राष्ट्रिय स्वयंसेवक संघका सरसंघचालक मोहन भागवत मञ्चमा उपस्थित थिए । 





  • प्रकाशित मिति : साउन २९, २०७७ बिहीबार १८:११:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया