रामेछाप– मन्थली नगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाको कार्यालय र आसपासका बजारक्षेत्र सिल गर्ने तयारी भएको छ ।
सोमबार प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा परीक्षणका लागि १२९ जनाको स्वाब पठाइएको थियो । तीमध्ये बिहीबार ८१ जनाको रिपोर्ट आएको थियो ।
रिपोर्टमा मन्थली नगरपालिकाका ३० वर्षीय पुरुष तथा ५० वर्षीय पुरुषलाई कोरोना पोजेटिभ आएपछि जिल्ला प्रशासन कार्यालय रामेछापले उक्त क्षेत्र सिल गर्ने भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।