अफगानिस्तानमा बम विस्फोटमा चार सर्वसाधारणको मृत्यु, छ जना घाइते
सांकेतिक तस्बिर

अफगानिस्तानको कान्दाहार सहरको एक सडकमा बम विस्फोट हुँदा चार जना सर्वसाधारणको ज्यान गएको छ भने छ जना घाइते भएका छन् । 

सर्वसाधारणलाई नै लक्ष्य गरेर त्यहाँ बम राखिएको बताइएको छ । बिहीबार सडकको किनारमा राखिएको बम अकस्मात् विस्फोट हुँदा बाटो हिँडिरहेका सर्वसाधारण नागरिकको ज्यान गएको हो ।

अफगानिस्तानको टोलो न्युजले यो समाचार दिएको हो । कान्दाहारको पन्जावी जिल्लाको एक बाटोमा राखिएको बम अकस्मात् विस्फोट भएको थियो । 

बम अफगानिस्तानका तालिबानहरुले राखेको अनुमान गरिएको छ । तालिबानहरुले यसअघि पनि सर्वसाधारणलाई लक्ष्य गरेर सडक किनारमा बम राख्ने गरेकाले यो बम पनि उनीहरुले नै राखेको अनुमान गरिएको हो । 

तर, यो विस्फोटको जिम्मेवारी भने कसैले लिएको छैन । यसअघि पनि यही अगष्ट ९ मा सोही स्थानमा भएको बम विस्फोटमा परी कम्तीमा पनि ९ जनाको ज्यान गएको थियो । 





  • प्रकाशित मिति : साउन २९, २०७७ बिहीबार १९:३८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया