काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर १४ बिहीबारबाट सिल गरिएको छ । वडाका विभिन्न टोलमा कोरोना संक्रमित भेटिएपछि वडा सिल गरिएको हो ।
वडाध्यक्ष शोभा सापकोटाले वडामा कोरोनाको भयावह स्थित आउन नदिन वडा सिल गरेको जानकारी दिइन् ।
कुलेश्वर क्षेत्रमा फलफूल व्यवसाय गर्नेहरू, बल्खु र लाम्पाटी क्षेत्रमा पनि संक्रमित देखिएको छ ।
सोही कारण अनिश्चितकालका लागि वडा सिल गरिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।