कुखुराको मासुमा देखियो कोरोनाभाइरस

दक्षिणी चिनियाँ सहर शेनजेनका अधिकारीहरुका अनुसार त्यहाँ केही फ्रोजन चिकन विंग्समा पनि कोरोनाभाइरस भेटिएको छ । त्यहाँ यस्ता चिकन विंग्स ब्राजिलबाट आयात गरिने गरिएको छ ।

स्थानीय अधिकारीहरुले आयात गरिएका खानेकुरा नियमित जाँच गरेका थिए । त्यसमा कुखुराको मासुमा पनि कोरोना संक्रमण भेटिएको हो ।

तर यही कुखुराको मासुसँगै आएको अरु खानेकुरा र यसको सम्पर्कमा आएका मानिसमा चाहिँ कोरोनाभाइरस संक्रमण देखिएको छैन ।

विश्वमा पहिलो पटक मानिसमा कोरोनाभाइरस संक्रमण चीनको वुहानमा देखिएको थियो । तर, यो भाइरस सालकबाट मानिसमा सरेको मानिएको थियो । 





  • प्रकाशित मिति : साउन २९, २०७७ बिहीबार २२:११:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया