बिर्तामोड नगरपालिका–१ को देवी पञ्चकन्या प्लटिङमा छिमेकीको बन्दै गरेको घरको ढोकाले किचेर शनिबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका निर्मल सुनुवारकी आठ वर्षीया छोरी एन्जल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।
निर्मला चौहानको निर्माणाधीन घरका लागि ल्याएर राखिएको फलामको ढोकाले किच्दा सुनुवारका खेल्दै गरेका छोरीहरू ११ वर्षीया एलुन र आठ वर्षीया एन्जला शुक्रबार गम्भीर घाइते भएका थिए । घाइते दुवैलाई बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । उपचारकै क्रममा एन्जलाको मृत्यु भइसकेको र एलुनको उपचार चलिरहेको थापाले बताए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।