चितवनमा थपिए २७ कोरोेनाभाइरस संक्रमित, डाक्टर र नर्सलाई पनि कोरोना

चितवनमा थप २७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड १९ परीक्षण प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा २७ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको हो । शनिबार अस्पतालमा ४ सय ७४ जनाको स्वाब परीक्षण गरिएको थियो । 

चितवनमा उपचार गराइरहेका सर्लाहीका एक बिरामीमा पनि कोरोनाभाइरस संक्रमण देखिएको छ । 

२७ जनामध्ये २१ जना भरतपुर महानगरपालिकाका मात्र रहेका छन् । भरतपुर वडा नं। ३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । पुरुषहरु २६ देखि ५३ वर्ष उमेर समूहका छन् । यस्तै महिलाहरु २२ देखि ३९ वर्ष उमेर समूहका छन् । संक्रमित हुनेमा चिकित्सक र नर्सहरुसमेत छन् ।

रत्ननगरका चार जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । क्वारेन्टिनमा रहेका रत्ननगर नगरपालिका–५ र १२ का ३ पुरुष र एक महिलामा संक्रमण देखिएको छ । पुरुषहरु २५, ३२ र ३६ वर्ष उमेर समूहका हुन् भने महिला ३५ वर्षकी हुन् ।





  • प्रकाशित मिति : साउन ३२, २०७७ आइतबार ७:५०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया