त्रिविका सबै सेवा १५ दिन बन्द

काठमाडौं– त्रिभुवन विश्वविश्वविद्यालयमा सोमबारबाट लागू हुनेगरी सबै सेवा बन्द हुने भएको छ । 

त्रिवि कार्यकारीको आइतबार बसेको बैठकले कोरोना संक्रमणको कारण जनाउँदै सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । 

कीर्तिपुरका अधिकांश वडा सिल भएको र केही क्षेत्र लक डाउन भएकाले १५ गतेसम्मका लागि सबै सेवा बन्द भएको त्रिविले जनाएको छ । 

अनलाइन कक्षा र घरबाट मिल्ने विद्युतीय सेवा भने बन्द हुने छैन । त्रिविका रजिष्ट्रार प्रा.डा. पेशल दाहालका अनुसार त्रिविअन्तर्गत सबै डिन कार्यालय, संस्थान, विभाग, निर्देशनालय क्याम्पसलगायत सबै निकायका काम १५ दिन बन्द हुनेछ । 





  • प्रकाशित मिति : साउन ३२, २०७७ आइतबार १७:४१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया