धारिलो हतियार प्रहार गरी युवकको हत्या

रौतहटका एक युवकको धारिलो हतियारले हत्या गरिएको छ । स्थानीय गरुडा नगरपालिका–८ जिंगडिया गाउँका  १७ वर्षीय  निरञ्जन राम चमारको गए राति हत्या गरिएको प्रहरीले जनाएको छ । स्थानीयवासीले आइतबार खबर गरेपछि जिंगडियाभन्दा करिब तीन सय मिटर पर वर्षाको पानीमा शव बरामद भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले घटनास्थल प्रहरीले सुरक्षित गरेको र तालिम प्राप्त कुकुर प्रयोग गरेर अनुसन्धान सुरु गरिएको बताए । शव परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको छ । व्यक्तिगत रिसइबीका कारण कसैले युवकको हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।





  • प्रकाशित मिति : साउन ३२, २०७७ आइतबार १८:४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया