तनहुँको व्यास नगरपालिकामा एक साता लकडाउन

दमौली– तनहुँको व्यास नगरपालिकामा एक साताका लागि लकडाउन घोषणा गरिएको छ । भाद्र १ गतेबाट एक साताका लागि अत्यावश्यक र सरसफाइबाहेक आगमन र व्यवसाय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

समुदायमा संक्रमण देखिएपछि अझै फैलन सक्ने त्रासका कारण नगरपालिकाले लकडाउन गरेको हो । व्यास १ भआदा गाउँमा एक वृद्धामा देखिएको संक्रमण परिवारमा फैलिएपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो । 

लकडाउनअघि नगरपालिकाले व्यापारी र सरोकारवालासँगको छलफल गरेको थियो । उक्त छलफलमा सहभागीले तत्काल बजार बन्द गर्न सुझाब दिएका थिए । 





  • प्रकाशित मिति : साउन ३२, २०७७ आइतबार १८:५७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया