रक्षमन्त्री–सेनापति सम्बन्ध सुमधुर रहेको मन्त्रालयको स्पष्टोक्ति

काठमाडौं– रक्षा एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रधान सेनापति पूर्णचन्द्र थापाबीच असमझदारी रहेको भन्ने सञ्चारमाध्यममा आएका समाचारको रक्षा मन्त्रालयले खण्डन गरेको छ । 

कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि सेनालाई जिम्मा दिँदा र काठमाडौँ तराई द्रुत मार्ग निर्माणमा रक्षामन्त्री पोखरेलले सेनालाई नै बद्नाम गरेको भन्दै प्रधान सेनापति थापाले सार्वजनिक तथा प्रधानमन्त्रीसँगको भेटमा असन्तुष्टि जनाएको समाचार प्रकाशित भएको थियो । 

रक्षा मन्त्रालयले नेपाली सेनासँग मन्त्रालयको सम्बन्धमा कुनै खटपट नरेको र सम्बन्ध सुमधुर रहेको दाबी गर्दै विज्ञप्ति जारी गरेको छ । 

आइतबार रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘समीक्षा बैठकको दौरानमा नेपाली सेनाका प्रधानसेनापतिले आफ्नो मन्तव्यको क्रममा राख्नुभएका विषय र माननीय उपप्रधानमन्त्रीले निर्देशनको क्रममा व्यक्त गर्नुभएको विचारालाई विरोधाभाषी बनाइ उहाँहरुको आशय विपरीत कपोलकल्पि, भ्रामक र मनगढन्ते तरिकाले समाचार प्रकाशन तथा प्रसारण भएकोमा मन्त्रालय गम्भीर आपत्ति व्यक्त गर्दछ।’





  • प्रकाशित मिति : साउन ३२, २०७७ आइतबार २०:३४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया