काठमाडौं १० नम्बर वडाले निकाल्यो सूचना– यी कार्यहरु प्रतिबन्धित छन्

काठमाडौंको १० नम्बर वडा कार्यालयले कोरोनाभाइरस संक्रमित बढेसँगै अत्यावश्यकबाहेक केही सेवाहरु प्रतिबन्धित भएको सूचना प्रकाशन गरेको छ । 

१० नम्बर वडामा पनि कोरोनाभाइरस संक्रमित बढ्दै गएको भन्दै १० नम्बर वडामा फुटपाथका कुनै पनि क्षेत्रका पसलहरु खोल्न निषेधित गरिएको छ । 

त्यस्तै, मठमन्दिरमा नित्य पूजाबाहेक अन्य पूजापाठ अहिलेका लागि बन्देज लगाइएको छ । 

कवाडी संकलन तथा चिया पसल, पानपसलहरुलाई पनि अहिले बन्द गरिएको छ । 

त्यस्तै सैलुन र भीडभाड हुने ठाउँहरु पनि अहिलेका लागि अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको सूचनामा जनाइएको छ ।

 





  • प्रकाशित मिति : साउन ३२, २०७७ आइतबार २२:२३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया