पर्सामा थपिए मेयरसहित ३३ कोरोनाभाइरस संक्रमित

पर्सामा थप ३३ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियार पनि कोरोना संक्रमित भएका छन् । 

त्यस्तै पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पनि कोरोना संक्रमित भेटिएका छन् ।

यसअघि २६ साउनमा त्यहाँका ३४ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । तीमध्ये ३३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । 

पोखरिया अस्पतालमा ४ डाक्टर र ३ नर्स पनि संक्रमित भेटिएका छन् । 





  • प्रकाशित मिति : भदौ १, २०७७ साेमबार ७:५३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया