गण्डकी प्रदेशसभा अवरुद्ध

गण्डकी प्रदेशसभाको सोमबारको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरुद्ध गरेको छ ।

सरकार कोरोना नियन्त्रणमा संवेदनशील नदेखिएको र पार्टीका तर्फबाट पटकपटक ध्यानाकर्षण गराइए पनि त्यसको बेवास्ता गरिएको भन्दै काँग्रेसले बैठक अवरुद्ध गरेको हो । त्यस्तै काँग्रेसले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको रकम बाँडफाँडमा प्रत्यक्ष र समानुपातिक सांसदबीच  विभेद गरिएको भन्दै सो विभेद हटाइनुपर्ने पनि माग गरेको छ ।

यसअघि आइतबार पनि सोही विषयलाई लिएर काँग्रेसले बैठक अवरुद्ध गराएको थियो । सोमबारको बैठक सुरु हुनासाथ काँग्रेसका प्रदेशसभा सदस्य उठेर बैठक अवरुद्ध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले पटक, पटक बस्न आग्रह गरेका थिए ।

बैठक अवरोध जारी भएपछि सभामुख अधिकारीले अर्को बैठक भदौ ९ गते १.०० बजेसम्मका लागि स्थगन गरेका छन् ।





  • प्रकाशित मिति : भदौ १, २०७७ साेमबार १८:४६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया