राखेप पदाधिकारीले शपथ लिए

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त बोर्ड सदस्यहरुले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । त्रिपुरेश्वरस्थित राखेपको हलमा आयोजना गरिएको कार्यक्रममा ६ बोर्ड सदस्यले शपथ लिएका हुन् । 

शपथ लिनेमा इन्दिरा निरौला, रिम रानाभाट, गोविन्द भट्टराई, सम्पन्न श्रेष्ठ, सुवास श्रेष्ठ र अर्जुन केसी छन्। उनीहरुलाई युवा तथा खेलकुदमन्त्री एवं राखेपका अध्यक्ष जगतबहादुर विश्वकर्माले शपथ खुवाएका हुन् । ६ जनालाई नयाँ खेलकुद ऐन, २०७७ अनुसार सरकारले बोर्ड सदस्यमा नियुक्त गरेको थियो ।

निरौला र रानाभाट खेलकुद विज्ञका रुपमा, केसी, सम्पन्न र सुवासलाई राष्ट्रिय खेल सङ्घको सिफारिसमा तथा भट्टराईलाई परम्परागत साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधित्व हुने गरी बोर्ड सदस्यमा मनोनयन गरिएको थियो । 

उनीहरुलाई मन्त्री विश्वकर्माले गत साउन १५ गते बोर्ड सदस्यमा मनोनयन गरेक थिए । शपथ कार्यक्रमपछि मन्त्री विश्वकर्माले चाँडै नै मनोनयन गर्न बाँकी रहेका बोर्ड सदस्य नियुक्त गरी पूर्णता दिने बताए । नयाँ खेलकुद ऐनअनुसार राखेप ३७ सदस्यीय हुनेछ ।





  • प्रकाशित मिति : भदौ १, २०७७ साेमबार १८:५४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया