अख्तियारका तीन आयुक्तमा नेकपालाई दुई, कांग्रेसलाई एक
नेकपाका दुई अध्यक्षको भागमा एक–एकजना

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तीन पदाधिकारीमा सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसबीच भागबन्डा हुने भएको छ । जसअनुसार नेकपाले दुईजना र कांग्रेसले एक जना पाउने भएका छन् । 

नेकपाको भागमा परेका दुईजनामा पनि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एक–एकजना भागबन्डा गरिने भएको छ ।

अख्तियारमा हाल दुई आयुक्तको पद खाली छ । प्रमुख आयुक्त नवीन घिमिरेले पनि यसै महिना अवकास पाउँदै छन् । 

सोमबार तीन नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अख्तियारलगायत विभिन्न संवैधानिक आयोगमा रिक्त रहेको ४० पदमा हुने नियुक्तिबारे छलफल भएको थियो । 

सबै आयोगमा भागबन्डाअनुसार नियुक्ति गर्ने सहमतिसँगै प्रधानमन्त्रीले छिट्टै संवैधानिक परिषद्को बैठक बोलाउने भएका छन् । 





  • प्रकाशित मिति : भदौ १, २०७७ साेमबार २०:३०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया