बाढीपहिरो उद्धार तथा राहतका लागि नेकाले दियो ४५ लाख

नेपाली काङ्ग्रेसले बाढीपहिरोको उद्धार र राहतका लागि ४५ लाख सहयोग गरेको छ । १ लाख ५० हजारका दरले ३० जिल्लामा सहयोग पठाइएको काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा केन्द्रीय समितिका तर्फबाट जिल्ला समितिको बैंक खातामा प्रथम चरणमा ३० जिल्लामा रकम पठाएको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, `स्नेहको सानो सहयोग सँगै मानवीय सेवामा संलग्न सबै तहका साथीहरूको उच्च सराहना गर्दछौं ।’

विज्ञप्तिमा कोरोनाको कहरसँगै बाढी-पहिरोले जनधनको क्षति गरेर हाम्रो पीडा माथि पीडा थपिए दिएकाले मानवीय कर्तव्य निर्वाह गर्न सबै आ-आफ्नो ठाउँबाट जुट्न जरुरी रहेको बताइएको छ । 

सहयोग पठाइएका जिल्ला 

१. लमजुङ, २. सिरहा, ३. गुल्मी, ४. नुवाकोट, ५. स्याङ्जा, ६. बाग्लुङ, ७ म्याग्दी, ८, पाल्पा, ९. ताप्लेजुङ, १०. ओखलढुंगा, ११. संखुवासभा, १२. पर्वत, १३. सिन्धुपाल्चोक, १४. महोत्तरी, १५. पर्सा, १६. धादिङ, १७ पाँचथर, १८. तेह्रथुम, १९. मकवानपुर, २०. बारा, २१. सर्लाही, २२. काभ्रे, २३, रसुवा, २४. धनुषा, २५. सिन्धुली, २६. बझाङ, २७ जाजरकोट, २८. खोटाङ, २९. बाजुरा र ३०. कास्की रहेका छन् । 





  • प्रकाशित मिति : भदौ २, २०७७ मंगलबार १४:१७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया