नेपालमा संक्रमितको नयाँ रेकर्ड : १०१६ जनामा संक्रमण पुष्टि

काठमाडौं– पछिल्लो २४ घण्टामा थप १०१६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशभर १०१६ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।  हालसम्म कुल संक्रमित हुनेको संख्या २८,२५७ रहेको प्रवक्ता गौतमले बताए ।  २४ घण्टामा संक्रमण पुष्टि भएका हालसम्मकै उच्च संख्या हो ।

काठमाडौं उपत्यकामा थप २०५ जनालाई कोरोना भाइरस रोग पुष्टि भएको  छ । मन्त्रालयका प्रवक्ता  गौतमले काठमाडौंका १३८, ललितपुरका ५० र भक्तपुरका १७ जनालाई कोरोना पुष्टि भएको जानकारी दिए । 

२४ घण्टामा देशभर ७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 





  • प्रकाशित मिति : भदौ २, २०७७ मंगलबार १६:३४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया