बागलुङ नगर क्षेत्रमा एक साताका लागि निषेधाज्ञा

बागलुङ– बागलुङ नगर क्षेत्रमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । बागलुङ बजारमा समुदायस्तरमै कोरोना संक्रमण पुष्टि भएपछि यस्तो निर्णय आएको हो । 

मंगलबार जिल्ला कमाण्ड पोस्ट र सरोकारवालाबीचको बैठक बसेर राति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । जसअनुसार भदौ ९ गते राति १२ बजेसम्म बागलुङ नगर क्षेत्रमा निषेधाज्ञा हुने भएको छ ।  

जिल्ला कमाण्ड पोस्टको दिउँसो बसेको बैठकले नगर क्षेत्रलाई भदौ ९ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।

निषेधाज्ञाको अवज्ञा गर्नेलाई संक्रामक रोग ऐन, २०२० को दफा ३ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम कारबाही गरिने जानकारी गराएका छन् । 





  • प्रकाशित मिति : भदौ २, २०७७ मंगलबार १६:४४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया