मंगलबार कोरोनाले नेपालमा बनाएका दुई रेकर्डः सबैभन्दा धेरै संक्रमित, सबैभन्दा धेरै मृत्यु

चीनको वुहान सहरमा पहिलोपटक गत वर्षको डिसेम्बरमा मानिसमा देखिएको कोरोनाभाइरसका कारण अहिले विश्व आक्रान्त छ । नेपालमा पनि अब कोरोनाभाइरसको प्रभाव चरम देखिन थालेको छ । 

केही महिनाअघिसम्म अन्य देशको तुलनामा नेपालमा कोरोनाको प्रभाव अलिक कम देखिएको थियो ।

तर, अब दैनिक नेपालमा कोरोनाभाइरसका संक्रमित र यसका कारण मृत्यु हुनेको संख्या बढ्दो छ । नेपालमा अहिलेसम्म कोरोनाबाट १ सय १४ जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने २८ हजार २ सय ५७ जनाभन्दा बढीलाई संक्रमण भइसकेको छ ।

मंगलबार नेपालमा कोरोनाभाइरस संक्रमित अहिलेसम्मकै धेरै भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार नेपालमा १ हजार १६ जना कोरोनाभाइरस संक्रमित थपिएका हुन् । 

कोरोनाबाट नेपालमा मंगलबार नै सबैभन्दा धेरैको मृत्यु पनि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार मंगलबार मात्र नेपालमा कोरोनाका कारण ७ जनाको निधन भएको छ । काभ्रे, कास्की, तनहुँ, चितवन, नवलपरासी पश्चिम, बाँके र बर्दियामा १–१ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका हुन् ।

मंगलबारको रिपोर्टअनुसार काभ्रेमा ९८ वर्षीय वृद्ध, तनहुँमा ५० वर्षीया महिला, कास्कीमा ८७ वर्षका वृद्ध, नवलपरासीमा ३८ वर्षका पुरुष, चितवनमा १ सय ९ वर्षकी वृद्धा, बाँकेमा ६२ वर्षका पुरुष, बर्दियामा ७८ वर्षका पुरुषको निधन भएको हो । योसँगै नेपालमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ११६ पुगेको हो ।





  • प्रकाशित मिति : भदौ २, २०७७ मंगलबार २१:४१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया