चिनियाँ कम्पनीको दाबीः यो वर्षको अन्त्यसम्म आउँछ कोरोना भ्याक्सिन

एक चिनियाँ औषधी कम्पनीले यो वर्षको अन्त्यसम्म कोरोनाभाइरसको भ्याक्सिन आफूहरुले जसरी पनि ल्याउने घोषणा गरेको छ । 

सिनोफार्म नामको यो कम्पनीका प्रमुख लिउ जिंगझेनले मिडियासँग कम्पनीले कोरोनाभाइरस भ्याक्सिनको तेस्रो चरणको ट्रायल युएईमा चलिरहेको बताएको छ । यो वर्षको अन्त्यसम्म बजारमा भ्याक्सिन आउने विश्वास यो कम्पनीले देखाएको हो । 

लिउले आफैंले पनि कोरोनाभाइरसको यो भ्याक्सिनको डोज आफूले लिएको बताएका छन् । उनले ग्लोबल टाइम्ससँग बताएका छन् यसका कारण आफूले कुनै पनि साइड इफेक्ट्स महसुस गरेका छैनन् ।

चीनको बेइजिङ तथा वुहान सहरमा एउटा यस्तो वर्कसप छ जहाँ १०.२ करोड र १० करोड भ्याक्सिन प्रोडक्सन उत्पादन हुनसक्ने बताईको छ । यो भ्याक्सिनको मूल्य झन्डै १६ हजार नेपाली रुपैयाँ पर्ने लिउले बताएका छन् ।

अर्कोतिर, चीनमा यो भ्याक्सिनको मूल्यलाई लिएर विभिन्न मानिसले विभिन्न प्रतिक्रिया दिएका छन् । यो भ्याक्सिनलाई यही मूल्यमा बेचिएको खण्डमा चीनमा सबै मानिसले यसलाई अफोर्ड गर्न नसक्ने बताइएको छ ।

अहिले विश्वभर झन्डै २ सय कोरोनाभाइरस भ्याक्सिन ट्रायल चलिरहेको छ । २० भन्दा बढी भ्याक्सिन मानिसमा परीक्षणका लागि तयार भइसकेका छन् ।





  • प्रकाशित मिति : भदौ २, २०७७ मंगलबार २१:५४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया