कति पर्ला नेपाल आइपुग्दा कोरोनाभाइरस भ्याक्सिनको ?

कोरोनाभाइरस । सन् २०२० को सुरुवातदेखि अहिलेसम्म आइपुग्दा नेपालमा मात्र होइन, विश्वमा नै सबैभन्दा बढी चर्चामा आएको शब्द हो यो । 

तपाईंहरु सबैलाई अब थाहा भइसकेको छ, यो चर्चामा मात्र आएको होइन, हाम्रो जीवनलाई जसरी सोचिएको थियो, त्यो सोच्ने स्तर र हामीले जिउने जीवनशैलीलाई पनि यसले निकै परिवर्तन गरिसकेको छ । 

कोरोनाकै कारण सन् २०२० को नयाँ वर्षको दिन हाम्रा सडकहरु सुनसान थिए, विश्वका मनहरु त्रसित थिए ।

नेपालमा पनि कोरोनाका कारण हजारौँ मानिस संक्रमित भइसकेका छन् । हामीलाई हाम्रै कार्यालय जान होस् या आफन्तलाई भेट्न किन नहोस्, समस्या पर्न थालिसकेको छ ।

विश्व स्वास्थ्य संगठनले विश्व महामारी घोषणा गरिसकेकोले यो भाइरस कति खतरानक रहेछ भन्ने अनुमान गर्न हामीलाई सहज बनाउँछ ।

यो भाइरस मानिसमा देखिएको ६ महिना बितिसक्दा पनि अझै के हुने हो भन्ने निक्र्योल गर्न सकिने अवस्था आएको छैन । विश्वभर वैज्ञानिकहरु यो भाइरसबारे अनुसन्धान गरिरहेका छन् । तर, अगस्टको बीचसम्म आइपुग्दा पनि यो भाइरसविरुद्ध भ्याक्सिन बन्न सकेको छैन । 



हो, विश्वभरका देश भ्याक्सिनमा काम गरिरहेका छन् । झन्डै २० भन्दा धेरै भ्याक्सिनहरु अब मानिसमा परीक्षणको अन्तिम तयारीमा पनि छन् । अहिलेसम्म भ्याक्सिन परीक्षण गरिने भनिए पनि यसले कस्तो असर गर्छ भन्ने निश्चित हुन सकेको छैन ।

अनि सँगसँगै विश्वमा यो भाइरसविरुद्धको भ्याक्सिनको मूल्य कति पर्ला भन्ने अनुमान पनि गर्न थालिएको छ । 



चीनको एउटा औषधी बनाउने कम्पनीले चाहिँ सन् २०२० को अन्त्यसम्म यो भ्याक्सिन सबैलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । 

चीनको बेइजिङ र वुहान सहरमा यो भाइरस बनाउन औषधी कम्पनीले काम सुरु गरिसकेको पनि बताएको छ । 

सिनोफार्म नामको यो कम्पनीका प्रमुख लिउ जिंगझेनले यो भाइरसविरुद्धको भ्याक्सिन आफूले पनि लिएको र आफूलाई कुनै साइड इफेक्ट नदेखिएको समेत बताएका छन् । उनले डिसेम्बरसम्म बजारमा भाइरसको भ्याक्सिन लगिने पनि बताएका छन् ।

अब आउँछ, यो भाइरस कति बनाउन सकिएला त ? 

बेइजिङ र वुहान दुवै ठाउँका कम्पनीहरुले यो भाइरस एक वर्षमा कम्तिमा पनि १० करोड २० लाख र १० करोड भ्याक्सिन उत्पादन गर्ने सक्ने बताइएको छ । 

अनि भ्याक्सिनको मूल्य भनिएको छ– एक हजार युआन । 

नेपाली रुपैयाँमा यसलाई रुपान्तरण गर्ने हो भने यसको मूल्य पर्न आउँछ– १७ हजार ५ सय २६ रुपैयाँ ।

तर, यसमा जोडिएको छैन, यो भाइरस नेपाल ल्याउन आवश्यक खर्चहरु । त्यसो त नेपाल यो भाइरसको भ्याक्सिन आउने हो भने सरकारले अन्य प्रबन्धहरु पनि गर्न सक्छ वा सरकारले नै भ्याक्सिनका लागि विशेष खर्च गर्न सक्छ । यस्तो भएको खण्डमा चाहिँ यो भ्याक्सिनको मूल्य नेपालमा कम पर्न पनि सक्छ ।

  • प्रकाशित मिति : भदौ २, २०७७ मंगलबार २३:५६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया