अष्ट्रेलियाले विदेशी विद्यार्थी सेप्टेम्बरबाट लिने

अष्ट्रेलियाले विभिन्न देशबाट उच्च अध्ययनका लागि आउने विद्यार्थीहरुलाई सेप्टेम्बरबाट देशमा प्रवेश गर्न दिने भएको छ । कोरोनाभाइरस महामारी सुरु भएपछि अहिले विभिन्न देशबाट विद्यार्थीहरु अष्ट्रेलिया जान पाएका छैनन् ।

अष्ट्रेलियाका व्यापारमन्त्री सिमोन बर्मिङहघमले आइतबार यो घोषणा गरेका हुन् । उनका अनुसार ३ सय विद्यार्थी एडिलेडमा सेप्टेम्बरमा आउने भएका छन् ।

अष्ट्रेलियन विश्वविद्यालयहरुमा कोरोनाभाइरस महामारीका कारण ३ बिलियन अमेरिकी डलरको नोक्सानी भएको एक तथ्यांकले जनाएको छ । यसलाई सम्बोधन गर्दै सिमोनले सेप्टेम्बरको सुरुवातमै पहिलो फ्लाइटमा सिंगापुरबाट विद्यार्थी अष्ट्रेलिया आउने बताएका हुन् ।

‘स्वास्थ्यका सम्पूर्ण उपायहरु अपनाएर,’ सिमोनले भनेका छन्, ‘अन्तर्राष्ट्रिय विद्यार्थी तथा अन्यलाई आउने वातावरण बनाइने छ ।’

कोरोनाभाइरस महामारी सुरु हुँदा अष्ट्रेलियामा कम्तिमा पनि ५ लाख विदेशी विद्यार्थी भएको पनि उनले जानकारी दिएका छन् । तर, अब विदेशबाट अष्ट्रेलिया जाने विद्यार्थीहरुले १४ दिन अनिवार्य होटलमा क्वारेन्टिनमा बस्नु पर्ने हुन्छ ।





  • प्रकाशित मिति : भदौ ३, २०७७ बुधबार १:२३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया