धरानमा कोरोना संक्रमितको मृत्यु

धरानमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६७ वर्षकी कोरोना संक्रमितको निधन भएको छ । उनी मोरङकी हुन् । 

मंगलबार साँझ उनको निधन भएको अस्पतालले जनाएको छ । 

उनलाई सोमबारमात्र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । यसअघि उनी विराटनगरको विराट मेडिकल कलेजमा भर्ना भएकी थिइन् । अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । 

लामो समयदेखि उनी मुटुको उपचार गराउँदै आएको बताइएको छ ।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११७ पुगेको छ ।





  • प्रकाशित मिति : भदौ ३, २०७७ बुधबार ७:५८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया