पर्सामा नेपाली सेनासहित १ सय ४७ मा कोरोना पुष्टि

वीरगन्जको नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा पर्सामा थप १ सय ४७ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । संक्रमितमध्ये ४६ जना महिला रहेका छन् । 

अस्पतालका अनुसार ७ वर्षदेखि ७० वर्षसम्मका व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यीमध्ये १ सय ३८ जना पर्साका, ८ जना बाराका र सप्तरीका एक जना रहेका छन् । 

बाराका संक्रमित ८ मध्ये ४ जना नेपाली सेना रहेको जनाइएको छ । त्यस्तै, वीरगन्जमा रहेको भारतीय महावाणिज्य दूतावासकी एक कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।





  • प्रकाशित मिति : भदौ ३, २०७७ बुधबार ८:१०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया