धरानमा थप एक कोरोनाभाइरस संक्रमितको निधन

कोरोनाभाइरसका कारण धरानमा थप एक जनाले ज्यान गुमाएका छन् । सुनसरीकी ७१ वर्षीया महिलाको बुधबार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । 

यसअघि धरानमै मंगलबार राति अर्का एक वृद्धको पनि निधन भएको थियो । 

बुधबार निधन भएकी महिला अस्पतालमा २४ साउनमा भर्ना भएकी छिन् । उनलाई २३ साउनमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । 

उनी दम र मुटुको रोगी भएको अस्पतालले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ ३, २०७७ बुधबार १३:१२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया