नवलपरासी पूर्वमा ९ गतेसम्मका लागि निषेधाज्ञा

नवलपरासी पूर्वमा बुधबार राति १२ बजेदेखि भदौ ९ गतेसम्मका लागि निषेधाज्ञा लागु गरिएको छ । दुई दिनमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

कोरोना संक्रमण समुदाय स्तरमा पुगेको ठहर गर्दै निषेधाज्ञा जारी गरेको कार्यालयले जनाएको छ । प्रशासनले बुधवार एक सूचना जारी गर्दै स्थानीयलाई स्वास्थ्य सुरक्षामा ध्यान दिँदै हिँडडुल गर्न, सार्वजनिक स्थलमा भेला हुन, रमाइलो गर्न पसल व्यवसाय खोल्न प्रतिबन्ध लगाएको हो ।

 

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तत्काल थप सर्तकता अपनाउन र सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन भदौ ९ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रशासनको सूचनामा उल्लेख छ ।
 





  • प्रकाशित मिति : भदौ ३, २०७७ बुधबार १५:९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया